युवराज अधिकारीले राम्रोसँग नेतृत्व लिएकै कारण निगमले ऋणको ३३ करोड बुझायो
काठमाडौं । युवराज अधिकारीले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेवित्तिकै कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रूपियाँ भुक्तानी गरेको छ ।
शनिबार विज्ञप्ति जारी गरेर निगमले कोषलाई किस्ता वापतको रकम बुझाएको जनाएको छ ।
निगमले निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ ।’
यसअघि निगमले गत असार ३० गते एक अर्ब ३५ करोड र कात्तिक १ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको पनि जनाएको छ ।
विगतमा विविध कारणले सञ्चय कोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकामा पछिल्ला दिनमा नियमित रूपमा किस्ता तिर्दै आएको निगमले जनाएको छ ।
विभिन्न अवरोधका बाबजुद निगमले आफ्नो ऋणको मोटो रकम तिरेको छ ।
निगमको कार्यकारी अध्यक्षमा अधिकारी छन् । अधिकारी निगमको अध्यक्ष हुनुभन्दा अगाडि निगमै सेवा गरेका थिए ।
निगमलाई फाइदामा लगेर राज्यलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा राम्रोसँग अधिकारीलाई थाहा छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया