रुपन्देहीका जनताको दुःखमा साथ दिन घरमै आइपुगे कांग्रेस नेता खाण
भैरहवा । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लाका नागरिकको सुख, दुःखमा साथ दिइरहेका छन् ।
शनिबार काठमाडौंबाट रुपन्देही आइपुगेका नेता खाणले जिल्लाका विभिन्न स्थानमा पुगेर निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
उनले शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।
नेता खाणले रुपन्देहीका ६ स्थानमा घरमै पुगेर आफन्तजन स्वर्गारोहण भएका परिवारमा समवेदना प्रकट गरेका छन् ।
खाणले शनिबार सिद्धार्थनगर नगरपालिका २ स्वर्गारोहण भएकी सुमित्रा जिसीको परिवार, ओमसतिया गाउँपालिका २ मा स्वार्गारोहण भएकी वर्षाती ठाकुरको परिवार, सियारी गाउँपालिका ३ मा स्वर्गारोहण भएका वृहस्पती थारुको परिवारलाई घरमै पुगेर समवेदना प्रकट गरेका छन् ।
उनले शुद्धोधन गाउँपालिका २ मा पूणर्बहादुर कुँवरको परिवार, तिलोत्तमा नगरपालिका ९ मा कर्णि पुनको परिवार र तिलोत्तमा नगरपालिका ८ मा गंगाधर रिजालको परिवारलाई समवेदना प्रकट गरेका छन् ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया