होटेलका मालिकसहित ३ जना पक्राउ, कारागारमा रहेका पतिका लागि कोठामा भेटिइन् पत्नी
काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–१५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका–८ घर भएका ५४ वर्षीय अनिलकुमार अरोडा, सोही होटलका वेटर महोत्तरीको गौशाला नगरपालिका–११ घर भएका ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लम्जुङको राईनास नगरपालिका–४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।
होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आइतबार राति होटलमा छापामारेको थियो ।
कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया