गुरूप्रसाद न्यौपानेलाई ठूलो कारबाही
काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई कारबाही गरेको छ ।
न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेका बेला २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए ।
न्यौपानेलाई ७५ हजार रूपियाँ जरिवाना र १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा त्यस सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको हो।
बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डसम्बन्धी ऐन र नियम पालना नगर्नेलाई कारबाहीको सुरूआत गरेको बताएका छन् ।
केयर रेटिङ नेपालले क्रेडिट रेटिङ नियमावली २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेस गर्न भनिएको छ ।
सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई पनि समयमा प्रतिवेदन पेस नगरेको भन्दै जरिवाना गरिएको बोर्डले जनाएको छ ।
सनीलाई १० हजार, इम्पेरियल र त्रिशूल सेक्युरिटिजलाई ७५–७५ हजार रूपियाँ जरिवाना तोकिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया