चीनले ताइवानमाथि दादागिरी देखाउन थाल्यो
लण्डन । चीनले पुनः ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यसको विरोध गरेको छ ।
गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुनः अभ्यास थालेसँगै ताइवानले चीनको भर्त्सना गरेको छ ।
चीनले ५७ विमान परिचालन गरी सैन्य अभ्यास थालेको पुष्टि गर्दै ताइवानी रक्षा मन्त्रालयले चीनको यो कदमको प्रतिकार गर्ने चेतावनी दिएको छ ।
चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रुपमा हेर्ने र ती दाबी पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दवाव बढाउँदै आएको छ ।
चीनले आफ्नो जनमुक्ति सेनाले तयारी गस्तीमात्रै गरेको दाबी गरेको छ ।
जवाफमा ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७ चिनियाँ विमान र चार नौसेना जहाज टापुको वरिपरि परिचालन भएको दाबी गर्दै आक्रमणका लागि चीनले तयारी थालेको दाबी गरेको छ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया