मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सप्तरीमा रोकिराखेको टिप्परमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
खडक नगरपालिका–११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–११ बनौली बस्ने २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी रहेका छन् ।
प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका–१० बस्ने २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।
दुर्घटनामा घाइते भएका एकजनाको गजेन्द्रनारायण सिंह अस्पतालमा प्रारम्भीक उपचारपछि न्यूरो अस्पताल विराटनगरमा थप उपचार भइरहेको छ ।
सडकमा टिपर रोकेर राख्ने टिपर चालकलाई प्रहरीले अनुसन्धानका लािग नियन्त्रणमा लिएको छ ।
यता, काभ्रेको धुलिखेल नगरपालिका–६ हस्पिटल चोकस्थित सडकमा बा.८० प ९०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने २० वर्षीय राजकुमार बाँनियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया