काठमाडौंमा जुवाका अड्डामा प्रहरी छापा, नगदसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जवा र तास खेल्ने समूहका १० जनालाई पक्राउ गरेको छ ।

टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७० हजार रुपियाँ र ४ गड्डी ताससहित पक्राउ गरेको हो ।

Published : Sunday, 2023 January 8, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया