कांग्रेसमा नयाँ शुभेच्छुक संस्था थपियो, संघमा पुग्यो पत्र
काठमाडौं । नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ तदर्थ, कार्यसमितिलाई शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघलाई पत्र पठाएर शुभेच्छुक संस्थाको मान्यता प्रदान गरिएको जनाएका छन् ।
‘नेपाली कांग्रेसको विधान तथा नियमावलीले गरेको व्यवस्था बमोजिम पार्टीसंग निकट रही क्रियाशील रहने प्रतिबद्धताका साथ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता पाउँ भनी आश्यक प्रक्रिया पु¥याई नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ तदर्थ, कार्यसमितिबाट निवेदन प्राप्त हुन आएको छ’, महामन्त्री थापाको पत्रमा उल्लेख छ ।
‘नेपाली कांग्रेसको विधान तथा नियमावली बमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको साउन २ गतेको बैठकको निर्णयअनुसार तपाईको प्रमुखत्वमा गठित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ तदर्थ, कार्यसमितिलाई सोही मितिदेखि नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता प्रदान गरिएको छ’, पत्रमा उल्लेख छ ।
‘पार्टीको विधान तथा नियमावलीको व्यवस्था र केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशन बमोजिम कार्य गर्नु गराउनु हुनेछ’, महामन्त्री थापाले भनेका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया