नरेन्द्र मोदीको परिकल्पनामा शिखर सम्मेलन हुने, कुरा राख्न पाइने
काठमाडौं । भारतले पुसको अन्तिम साता विशेष शिखर सम्मेलन आयोजना गर्ने भएको छ ।
पुसको २८ र २९ गते दुई दिन भर्चुअल शिखर सम्मेलनको आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।
‘युनिटी अफ भ्वाइस, युनिटी अफ पर्पोज’ विषयमा ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’ले ग्लोबल साउथका राष्ट्रहरूलाई साझा मञ्च प्रदान गरी उनीहरूका विचार तथा प्राथमिकता एकअर्कासँग आदानप्रदान गर्न उनीहरूलाई एकैठाउँमा ल्याउने परिकल्पना गरिएको छ ।
शिखर सम्मेलनमा सहभागी हुन १२० भन्दा बढी राष्ट्रलाई आमन्त्रित गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा अघि सारिएको परिकल्पना ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’बाट प्रेरित छ ।
कार्यक्रम भारतको वसुधैव कुटुम्बकम दर्शनमा आधारित छ ।
भ्वाइस अफ ग्लोबल साउथ समिटमा सहभागी राष्ट्रहरूबाट आएका अमूल्य सुझावहरूलाई विश्वव्यापी रुपमै ध्यानाकर्षण गराउनेतर्फ भारतले काम गर्ने जनाइएको छ ।
यस बाहेक जी–२० को अध्यक्षता सम्हालेको भारतले जी–२० प्रक्रियामा आबद्घ नभएका राष्ट्रहरूलाई जी–२० मार्फत उनीहरूका विचार र अपेक्षा साटासाट गर्न एक विशेष र बलियो अवसर प्रदान गरिएको छ ।
जी–२० का सदस्यहरूसँग मात्र परामर्श नगरी ग्लोबल साउथका अन्य राष्ट्रहरूका आवाजलाई पनि उत्तिकै महत्व दिदै भारतको जी–२० अध्यक्षतालाई पूर्णता दिने भारतका प्रधानमन्त्री मोदीको भनाइ अनुरुप रहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया