प्रहरीका भगौडाको महिलाहरूसँग के छ सम्बन्ध ?

काठमाडौं । प्रहरीले महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरी बल, नेपालका भगौडा पदमराज भट्टलाई पक्राउ गरेको छ ।

भट्टलाई प्रहरीको टोलीले धनगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताएका छन् ।

विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।

उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमा विभिन्न अपराध गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता जोशीले बताएका छन् ।

भट्टले विशेष गरी महिलाहरूसँग नजिक भएर संगठित रुपमा ठगी गर्दै आएको प्रवक्ता जोशीले बताए ।

समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर रहेको प्रहरीको भनाइ छ ।

ठगीका अनेक उपायमा उनी पोख्त छन् । उनी विशेष गरी महिलाहरूलाई ठग्न संगठित रुपमा लागेका छन् ।

भट्टले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौँ महिलाहरूलाई ठगी गरिसकेका छन् ।

महिलाहरूलाई आर्थिक प्रलोभवनमा पारेर भट्टले संगठित रुपमा ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ ।

Published : Thursday, 2023 January 5, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया