बालेनले केही दिनलाई काठमाडौं छाडे, कहाँ गए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ इन्डोनेसिया प्रस्थान गरेका छन् ।
मंगलबार राति मेयर शाह निजी भ्रमणको लागि इन्डोनेसिया गएका हुन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भुपदेव शाहले मंगलबार राति मेयर शाह आफ्नो परिवार, सचिवालय सदस्यको परिवार र केही साथीहरूसहित इन्डोनेसिया प्रस्थान गरेको बताए ।
काठमाडौं महानगरका मेयर शाह पुस २५ गते नेपाल फर्किनेछन् । इण्डोनेसियाको भ्रमण मेयर शाहको निजी रहेको जनाइएको छ ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि शाह पहिलो विदेश भ्रमणमा गएका छन् । शाहले उप–मेयर सुनिता डंगोललाई कार्यबाहक मेयरको जिम्मेवारी दिएका छन् ।
Published : Wednesday, 2023 January 4, 9:52 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया