कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्वारा आत्मसमर्पण

काठमाडौं । बारा जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष किशोरीलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् ।

निजगढ नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष राजु श्रेष्ठ ‘राजन’लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको जनाएको छ ।

वडा नम्बर २ कि १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष श्रेष्ठले किशोरीलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोप छ ।

वडाध्यक्ष श्रेष्ठविरुद्ध २०७९ असोज २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए ।

वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ ।

वडाध्यक्ष श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

दशैँको टीकाको दिन असोज १९ गते वडाअध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिएन् ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

Published : Monday, 2023 January 2, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया