शेखर कोइरालाले गगन–विश्वलाई हैसियत सम्झाइदिए
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने बताए ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो पदीय हैसियत भुलेर मिडियाबाजी गरेर नेतृत्वविरुद्ध जथाभावी अभिव्यक्ति दिइरहेका बेला नेता कोइरालाले उनीहरूलाई औकात नभुल्न चेतावनी दिएका हुन् ।
नेता कोइरालाले नेपाली जनता प्रजातन्त्रविना बाँच्न नसक्ने हुनाले कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्ने बताएका छन् ।
भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै बिपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न उनले सुझाव दिएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा समाजका अध्यक्ष दीपक लोहनी, पूूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले धारणा राखेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया