गृहमन्त्री लामिछानेले देशभरिका सीडीओ र सुरक्षा प्रमुखहरूलाई बैठकमा बोलाए
काठमाडौं । उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बोलाएका छन् ।
लामिछानेले सोमबार बिहान ९ बजे सीडीओ र जिल्लाका प्रहरी प्रमुखहरूको संयुक्त भर्चुअल बैठक बोलाएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।
बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछ ।
बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।
सुरक्षा निकायभित्र आतंक मच्चाएका लामिछानेले सबैलाई भर्चुअल बैठकमा बोलाएका छन् । लामिछानेले निकै हर्कत देखाइरहेका छन् । उनको हर्कत धेरैलाई मन परेको छैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया