बागलुङमा ३० वर्षीया पत्नीको हत्या, उदयपुरमा मनोज पक्राउ
काठमाडौं । बागलुङमा आफ्नै पत्नीको हत्या गर्ने ३३ वर्षीय धनबहादुर घर्ती फरार भएका छन् ।
निसिखोला गाउँपालिका–६ रुबाङ बस्ने धनबहादुर घर्तीले कुटपिट गरेर आफ्नी पत्नी ३० वर्षीया मीना घर्ती हत्या गरेको विज्ञप्तिमा उल्लेख छ ।
कुटपिटबाट गम्भीर घाइते मीना घर्तीको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट पत्नीको हत्या गरेपछि धनबहादुर घर्ती फरार भएका छन् । धनबहादुर घर्तीको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता, उदयपुरमा २९ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–४ मकुम डाँडा बस्ने २६ वर्षीय मनोज परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।
परियारले ती महिलालाई मंसिर २८ गतेको राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैबीच, कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्रामसहित सोही नगरपालिका–३ बस्ने २२ वर्षीय राजेश परियारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले परियारमाथि शङ्का लागि जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटकबाट अवैध लागूऔषध खेरो हिरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ७० मिलिग्राम सहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया