गोकुल बास्कोटाले प्रचण्डलाई औकात सम्झाइदिए

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झिनामसिना कुराको पछाडि नलाग्न सुझाव दिएका छन् ।

शनिबार बिहान नेता बास्कोटाले ट्वीट गर्दै मुलुकमा दुई वर्षदेखि किसानले मल नपाएको बताए । उनले छिटो मलको व्यवस्था गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

एमालेका नेता बास्कोटाले मोबाइल दर्ताको कुरा एमडीएमएस प्रणालीलाई धेरै ठूलो नठान्न सुझाव दिएका छन् ।

एमडीएमएस प्रणाली विदेशबाट कति मोबाइल ल्याउने कुरा नरहेको बताएका उनले नयाँ मोबाइललाई प्रणालीमा दर्ताको कुरा मात्रै भएको बताएका छन् ।

‘किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो’, उनले भनेका छन्, ‘नयाँ सरकारको पछ्यौरी मोबाईल सेटमा अल्झे जस्तो छ ।’

उनले भनेका छन्, ‘एमडीएमएस प्रणालीले सेट दर्ताको प्रबन्ध गर्ने हो । कति ल्याउने÷नल्याउने कोटा तोक्ने व्यवस्था गरेको छैन ।’

‘त्यो सरकारको कुरा हो’, उनले भनेका छन्, ‘मल चाहियो मल किसानलाई, त्यो सरल ढंगले पाउने प्रबन्ध गर पहिला ।’

Published : Saturday, 2022 December 31, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया