ललितपुरका ‘जिउँदो’ नेताले लिए प्रदेश सभा सदस्यको शपथ
काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जनले शपथ लिएका छन् ।
बिहीबार हेटौँडामा बसेको प्रदेश सभाको पहिलो बैठकमा महर्जनले प्रदेश सभा सदस्यको शपथ लिएका हुन् । उनले आफ्ना मतदाताहरूलाई स्मरण गर्दै शपथ लिएका छन् ।
ललितपुर क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ बाट कांग्रेसका युवा नेता महर्जन निर्वाचित भएका हुन् ।
ललितपुर कांग्रेका बलियो खम्बा मानिने महर्जन विशेष गरेर युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
बालबालिकादेखि वृद्धवृद्धाहरूको सम्मान गर्न कञ्जुस्याइँ नगर्ने महर्जनबाट ललितपुरका मतदाताले ठूलो अपेक्षा राखेका छन् ।
प्रदेश सभाको सदस्यमा निर्वाचित हुनुभन्दा अगाडि पनि महर्जन सामाजिक सेवामा सक्रिय नेता हुन् । उनले ललितपुरमा भूकम्प, कोरोना महामारी लगायतका बेला जनताको सेवा गरेर मन जित्न सफल भएका छन् ।
महर्जन खेल क्षेत्रबाट आएका हुन् । खेलकुद उनको सबैभन्दा मन पर्ने क्षेत्र मानिन्छ । उनले कांग्रेसका नेता कार्यकर्ताको संरक्षमा कुनै पनि कसर बाँकी राखेका छैनन् । महर्जनलाई कांग्रेसले मात्र नभइ अरु दलका कार्यकर्ताले पनि रुचाउँछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया