कांग्रेस एक हुने बेला गगन-शेखर समूहको गुटको बैठक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले गुटको बैठक गरेका छन् ।
बुधबार बिहान काठमाडौंको बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा गगन–शेखर समूहको गुटको बैठक बसेको छ ।
बैठकमा सभापति शेरबहादुर देउवाविरुद्ध छलफल भएको बुझिएको छ ।
महामन्त्री जस्तो व्यक्तिले गुटको बैठक गरेर आफ्नै सभापति देउवाविरुद्ध गतिविधि गरेका छन् ।
गगन–समूहबीच सात वटा प्रदेशमा संसदीय दलको नेता चयनलगायतका विषयमा केन्द्रित भएको बुझिएको छ ।
प्रदेशहरूमा संसदीय दल नेता चयन गर्दा सहमति गर्ने कि प्रतिस्पर्धामा उत्रने भन्ने विषयमा छलफल गरिएको छ ।
गुटको बैठकमा महामनत्री गगन थापा, नेता शेखर कोइराला, उप–सभापति धनराज गुरूङ, सह–महामन्त्री जीवन परियार, नेताहरू सरिता प्रसाईं, डा.मीनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायतको सहभागिता रहेको छ ।
प्रदेश संसदीय दलमा नेता चयनका लागि यो समूहले आन्तरिक गृहकार्य गरेको छ । गगन–शेखर समूहले सबै प्रदेशमा संसदीय दलमा उम्मेदवार खडा गर्ने सहमति गरेको बुझिएको छ ।
गठबन्धन टुटेकोलगायत पछिल्लो परिस्थितिबारे छलफल भएको छ ।
कांग्रेसले पुस २२ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सरकार र गठबन्धनका बारेमा कुरा राख्नेछन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया