सवारी चालकप्रति ट्राफिकको दादागिरी, कसले दियो १५ सय लिने अधिकार ?
काठमाडौं । ट्राफिक प्रहरीले आफू खुसी जरिवाना बढाएको भनेर गुनासो बढेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक नियम उल्लंघन गरेकोमा ट्राफिक प्रहरीले पहिलो पटक रू. ५०० जरिवाना काट्नुपर्ने व्यवस्था छ ।
दोस्रो पटकमा रू. १००० र तेस्रो पटकमा मात्रै रू. १५०० जरिवाना गर्न पाउने व्यवस्था छ ।
ट्राफिक प्रहरीले अनुशासन कायम गर्ने नाममा एकै पटक १५ सय रुपियाँ जरिवाना लिने व्यवस्था गरेपछि विरोध भएको छ ।
एकै पटक रू १५०० जरिवाना गर्ने अधिकार कहाँबाट आयो ? भनेर उपभोक्ताहरूले सामाजिक सञ्जालमा प्रहरी र सरकारलाई प्रश्न गरेका छन् ।
उप–प्रधानमन्त्री र गृहमन्त्री रवि लामिछाने छन् । लामिछानेले पद सम्हालेकै बेला ट्राफिक प्रहरीले कानूनमा व्यवस्था भएभन्दा फरक तरिकाले एकै पटक १५ सय रुपियाँ जरिवाना लिने व्यवस्था गरेर सबैलाई चकित बनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया