भारतले पनि दियो प्रचण्डलाई बधाइ
काठमाडौं । भारतले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएको छ ।
आइतबार राति ट्वीटमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाललाई बधाइ दिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले केही घण्टामै दाहाललाई बधाइ दिएका छन् ।
मोदीले दाहाललाई मेनसन गर्दै लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’
भारतीय प्रधानमन्त्री मोदीले दाहाललाई नेपाली भाषामा बधाइ दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया