ठमेलमा बसेर चिनियाँहरूले यो हदसम्मको निच हर्कत गर्न थाले

काठमाडौं । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौंको ठमेलमा बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरूले ३ जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारेका थिए ।

चिनियाँ नागरिकहरूले भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्ड हुँदै लाओस पु¥याएका थिए ।

त्यहाँ पुर्‍याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानूनी काम लगाउनुको साथै २ महिना काम लगाइ पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिई लाओसमा मानसिक यातना दिएका थिए ।

पीडितको आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।

सो कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौं ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।

Published : Saturday, 2022 December 24, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया