बागलुङमा समितिद्वारा एसपी ज्ञवालीलाई नगदसहित सम्मान
काठमाडौं । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीलाई सम्मानित गरेको छ ।
गुठीले बिहीबार एसपी ज्ञवालीलाई नगद ५१ हजार १ सय ५१ रुपियाँसहित सम्मान गरेको हो ।
समितिले मनाउँदै आएको चैत्राष्टमी मेला, वडादशैँ, नवरात्र तथा मन्दिरको नियमित सुरक्षा व्यवस्थापनसँगै समग्र बागलुङ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा योगदान पुर्याएको भन्दै एसपी ज्ञवालीलाई सम्मान गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताएका छन् ।
एसपी ज्ञवालीले आफूले प्राप्त गरेको सम्मान देश र जनताको सुरक्षामा खटिने प्रहरी सेवामा प्रवेश गरेका सबै प्रहरीको सम्मान भएको बताएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी रामदत्त जोसीको निर्देशन र मार्गदर्शनअनुसार आफू र आफ्नो टिमको प्रयासले जिल्लामा अपराध नियन्त्रण काम गरेको बताए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला सुरक्षा समितिको टिमसहित सम्पूर्ण जिल्लाबासीलाई एसपी ज्ञवालीले धन्यवाद दिएका छन् ।
आफ्नो जिम्मेवारी र कर्तव्यबाट कहिलै पछि नहटने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया