क्यान्सरको उपचार गराइरहेका सिर्जनलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । क्यान्सर रोगको उपचार गराइरहेका सिर्जन मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दल बागलुङका कोषाध्यक्ष देवेन्द घर्ती मगरसहितका समाजसेवीहरूले सिर्जनलाई आर्थिक सहयोग गरेका हुन् ।

सिर्जनले क्यान्सर किमो थेरापी गरिरहका छन् । उनलाई बचाउन आर्थिक सहयोग गरिएको जनाइएको छ ।

कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरले २० हजार आर्थिक सहयोग गरेका छन् ।

एड्भान्स म्यानेजका सञ्चालक दलवीर भण्डारी र चन्द्र घर्ती मगरले १२ हजार ५ सय सहयोग गरेका छन् ।

जगत धामीले १० हजार, नरहरि सुवेदीले ५ हजार, माधव जिसीले ५ हजार आर्थिक सहयोग गरेका छन् ।

दीपेश केसीले ५ हजारसहित ५७ हजार ५ सय रुपियाँ आर्थिक सहयोग गरेको सिर्जनले बताएका छन् ।

क्यान्सर रोगको उपचार गराइरहेका सिर्जनले आफ्नो उपचारमा सहयोग गर्ने सबैलाई धन्यावाद दिएका छन् । उनले आगामी दिनमा पनि आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छ ।

Published : Thursday, 2022 December 22, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया