कांग्रेसमा साथी भनेको यस्तो होस्, देउवालाई पौडेलले दिए बधाइ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पौडेलले देउवालाई बधाइ दिएका हुन् । देउवालाई पौडेलले फूल माला र खादा लगाइदिएका छन् ।

देउवाको प्रस्ताव पौडेल बनेका थिए । पौडेलले देउवालाई पुनः ठूलो गुन लगाएका छन् ।

देउवालाई दलको नेतामा भारी मतले जिताउन वरिष्ठ नेता पौडेलसहित, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, बालकृष्ण खाणलगायतका नेताहरूको ठूलो भूमिका रहेको छ ।

Published : Wednesday, 2022 December 21, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया