विनोद चौधरीले दिए देउवालाई बधाइ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका नवनिर्वाचित सांसद विनोद चौधरीले संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

सांसद चौधरीले देउवालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका हुन् ।

चौधरीले भनेका छन्, ‘नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनभएकोमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाइ ।’

केन्द्रीय सदस्य चौधरी नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अत्याधिक महतसहित निर्वाचित भएका हुन् ।

चौधरीले कम्युनिस्ट पृष्ठभूमिका पटक–पटक मन्त्री बनेर ठूलो अवसर पाएका हृदयश त्रिपाठीलाई हराएका हुन् ।

त्रिपाठी जस्तो परम्परावादी नेतालाई हराउनु चौधरीका लागि ठूलो चुनौति थियो ।

जीवनमा आत्मबलका साथ संघर्ष गर्दै आएका नेता चौधरीले त्रिपाठीलाई पहिलो झट्कामा ढालिदिएका छन् ।

विश्वप्रशिद्ध र चर्चित उद्योगपति समेत रहेका सांसद चौधरी अर्थविज्ञ मानिन्छन् । उनसँग अर्थ व्यवस्था सुधार कसरी गर्न सकिन्छ भन्ने ठूलो अनुभव र ज्ञान छ ।

विश्वको धनी सूचीमा परेका कांग्रेस नेता चौधरीमा अहँकार छैन । अहँकारलाई पैतलामनि राखेकै कारण चौधरीको नाम उच्चस्थानमा छ ।

Published : Wednesday, 2022 December 21, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया