ओली र लिङ्देन दलको नेतामा सर्वसम्मत चयन
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् ।
मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञाभवन बसेको संसदीय दलको बैठकले ओलीलाई दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।
ओलीलाई दलको नेतामा निर्वाचित गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेका थिए । प्रस्तावलाई उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले समर्थन गरेका थिए ।
एमालेले प्रत्यक्षमा ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटमा जितेको छ । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ ।
एमालेले समानुपातिकतर्फ पहिलो दल बन्दै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको थियो ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन भएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपाको संसदीय दलको बैठकले अध्यक्ष लिङ्देनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले १४ सिट जितेको छ । राप्रपाले प्रत्यक्षतर्फ ७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ सिट पाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया