एक करोड ३९ लाखको सामानसहित ट्रक बारामा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले बारामा एक करोडभन्दा धेरै मूल्य बराबरको समान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।

आइतबार राति सशस्त्र प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका– १ स्थित पथलैयाबाट ना ४ ख ८३३४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लिँदा १ करोड ३९ लाख १४ हजार ४ सय १३ रुपियाँ बराबरको सामान बरामद भएको छ ।

ट्रकले बिलविजक भन्दाबढि सामान बोकेको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा बिलविजक भन्दाबढि औषधि र अन्य सामान बोकेको ट्रकमा करीव ७८ प्रकारका सामग्री रहेका छन् ।

ट्रकलाई आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

Published : Monday, 2022 December 19, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया