एकैपटक साढे आठ हजार जवानहरूको सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले आठ हजार ४ सय ८८ जना जवानहरूको सरूवा गरेको छ ।
सशस्त्र प्रहरीले मंगलबार जवानहरूको सरुवा गरेको हो ।
केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो ।
फारम भरेअनुसार हेडक्वाटरले सम्भव भएसम्म माग गरेकै कार्यालयमा जवानहरूको सरुवा गरेको छ ।
सम्भव नभएकालाई नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।
सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ ।
हेडक्वाटरमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ ।
जवानहरूलाई घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा मिलाएर सरुवा गरिएको छ ।
श्रीमान् र श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया