२० वर्षीय नेपाली युवकद्वारा काठमाडौंबाटै विश्वकपमा होल्ड, साढे २ करोडको कारोबार
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विश्वकपका विभिन्न खेल तथा गतिविधिमा अवैध रुपमा सट्टेबाजी खेलाउने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले माहोत्तरीको महोत्तरी गाउँपालिका– १ स्थायी घर भइ ललितपुरमा बस्दै आएका २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । ठाकुरलाई प्रहरीले सोमबार सानेपाबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
ठाकुर विगत ८ महिनादेखि खेल अनुमान गर्ने रसियन एप्लीकेशन ‘वान एक्स बेट’मा एजेन्टका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
ठाकुरले विभिन्न डिजिटल वालेटबाट २ करोड २८ लाख ८४ हजार ४ सय ४८ रुपियाँ आफ्नो बैंक खातामा जम्मा गरेको समेत प्रहरीले पाएको छ ।
विभिन्न व्यक्तिहरूको नागरिकताको प्रयोग गरी निकालिएको विभिन्न ९४ वटा सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।
ठाकुरले कारोबारमा प्रयोग गर्ने गरेको ४ सय ८६ वटा खाताहरू बन्द गरेर अनुसन्धान सुरु गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहर उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया