ईलाका प्रहरी कार्यालय खिजीफलाटेका प्रमुख मृत्त भेटिए
काठमाडौं । ओखलढुंगाको ईलाका प्रहरी कार्यालय खिजीफलाटेका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) श्रीप्रसाद राई मृत भेटिएका छन् ।
ईन्स्पेक्टर राई आफ्नै घर सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका– ३ बासामा मृत भेटिएका हुन् ।
ओखलढुङ्गाको खिजीफलाटेमा कार्यरत राई पारिवारिक भेटघाट गर्न केही दिन अघि बिदामा घर गएका थिए ।
२६ गते (सोमबार) बेलुका साथीभाइसँग रमाइलो गर्दै खानपिन गरेर सुतेका राई बिहान ओछ्यानमा मृत भेटिएको राईको परिवार स्रोतले जनाएको छ । सोमबार बेलुका राम्रैसँग खानपिन गरेर सुतेको थिए ।
मंगलबार बिहान मृत भेटिएको परिवारजनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् ।
Published : Tuesday, 2022 December 13, 11:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया