सट्टाबाजीका दुई दलालहरू काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले अनलाईनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिकाको नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवनकुमार शर्मा र बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ घर भएका ३७ वर्षीय रूद्रप्रसाद पोखरेल रहेका छन् ।
काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्रप्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका–१ जमलबाट शनिबार र पवनकुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरूमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया