दृष्टि नभएकालाई वितरण गर्न भारतद्वारा सेतो छडी प्रदान
काठमाडौं । अपाङ्गता संरक्षण नेपालले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको कार्यक्रम मनाएको छ ।
वीपी कोइराला फाउन्डेसनका सचिव तथा भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमार कार्यक्रममा सहभागी थिए ।
फाउन्डेसनका सचिवले दृष्टिविहीनहरूको सहयोगार्थ नेपालभरि वितरणका लागि अपाङ्गता संरक्षण नेपालका अध्यक्षलाई ९५० थान सेतो छडी हस्तान्तरण गरेका छन् ।
वीपी कोइराला फाउन्डेसनको प्राथमिकताभित्र पर्ने एक क्षेत्र स्वास्थ्य पनि हो ।
फाउन्डेसनले कोभिड–१९ को महामारीका बेला सुदूरपश्चिम प्रदेशमा सुरक्षा सामग्री समेत उपलब्ध गराएको थियो ।
भारत र नेपाल सरकारको संयुक्त पहलमा सन् १९९१ मा वीपी कोइराला फाउन्डेसनको स्थापना भएको हो ।
दुई राष्ट्रका संस्कृति र जनजीवनसँग सम्बन्धित बहुआयमिक पक्ष तथा कला, साहित्य, बौद्घिक सम्वादलाई प्रगाढ बनाउँदै भारत र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाउने यस फाउन्डेसनको उद्देश्य रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया