राप्रपाबाट सात नेताको नाम समानुपातिक सांसदमा सिफारिस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पशुपतिशम्शेर राणासहित ७ जना नेताहरूको नाम टुंगो लगाएको छ ।
शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २ पुरुष र ५ महिलासहित ७ जनाको नाम टुंगो लगाएको हो । राप्रपाले ७ जनाको नाम निर्वाचन आयोगमा पनि पठाएको छ ।
खसआर्यबाट पशुपतिशम्शेर राणाको नाम पठाइएको छ ।
उपाध्यक्ष बुद्धिमान तामाङलाई पनि राप्रपाले समानुपातिक सांसदमा टुंगो लगाएर पठाएको छ ।
खस आर्य महिलातर्फ रोशन कार्की र गीता बस्नेत छनोट भएका छन् ।
आदिवासी जनजातीबाट बुद्धिमान तामाङसहित विना लामा, मधेसीबाट विना जयसवाल तथा दलितबाट अनिसा नेपाली चयन भएका छन् ।
राप्रपाले समानुपातिक सांसदहरूको नाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।
राप्रपामा नेता डा.प्रकाशचन्द्र लोहनीको नाममा सहमति हुन सकेन । डा.लोहनीको समानुपातिकबाट सांसद हुने इच्छा तत्कालका लागि तुहिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया