ओलीको पुच्छर बन्ने महासचिव गौतमलाई बर्खास्त गर्न कांग्रेस नेता खतिवडाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले
संसदमा विचाराधिन अवस्थामै रहेको प्रधानन्यायाधीश संसद सचिवालयका महासचिव भरत गौतमलाई बर्खास्त गर्न माग गरेका छन् ।
शनिबार खतिवडाले सामाजिक सञ्जालमार्फत गौतमलाई महासचिव पदबाट बर्खास्त गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले गौतमलाई महासचिव पदमा बस्ने अधिकार नरहेको बताए ।
‘चोलेन्द्रशम्शेर राणाविरुद्वको महाअभियोगको छिनोफानो नहुँदै सम्मानित संसदभन्दा एककदम अघिबढेर निलम्बित चोलेन्द्रशम्शेर जबरालाई सर्बोच्चमा बदनियतपूर्ण ढंगले पुनःस्थापित गर्न खोज्ने संघीय संसदका महासचिवको राजीनामा खै ? सरकारले तुरुन्त बर्खास्त गर्नुपर्दछ’, खतिवडाले ट्वीटमा लेखेका छन् ।
संसद सचिवालयका महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सफाइ दिन पत्र लेखेर सर्वोच्च अदालतमा पठाएका थिए ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको आदेशमा महासचिव गौतमले जबरालाई सफाइ दिने हर्कत गरेको आरोप छ ।
जबरालाई सफाइ दिन महासचिव गौतमको पत्रलाई सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिइसकेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया