रामहरि खतिवडाले निर्वाचनमा कति खर्च गरे ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले निर्वाचनमा २८ लाख खर्च भएको जनाएका छन् ।
निर्वाचन कार्यालय ओखलढुंगामा खतिवडाले बुझाएको खर्च विवरणमा विभिन्न शीर्षकमा २८ लाख रुपियाँ खर्च भएको उल्लेख छ ।
खतिवडाले ओखलढुंगाबाट प्रतिनिधि सभामा जित हासिल गरेका छन् । खतिवडाले एमालेका यज्ञराज सुनुवारलाई हराएका थिए ।
कांग्रेस नेता खतिवडाले प्रचार प्रसार सामग्री, ढुवानी खर्च, गोष्ठी, अन्तरक्रिया, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जाल), कार्यालय सञ्चालन, प्रतिनिधि परिचालनमा गरी २८ लाख १० हजार खर्च भएको विवरण निर्वाचन कार्यालयलाई बुझाएका छन् ।
कांग्रेस नेता खतिवडाले निर्वाचन आयोगले तोकेको परिधिभित्र रहेर खर्च गरिएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया