सीआईबीद्वारा चरिकोटमा कार्की पक्राउ
भीमेश्वर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दोलखामा ७० वर्षीय जनक बहादुर कार्कीलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले बुधबार भीमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका कार्कीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । कार्की बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति हुन् ।
उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रूपियाँ जरिवाना र ७ दिन कैद सजाय ठहर गरेपछि कार्की फरार रहेका थिए ।
कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले चरिकोटबाट पक्राउ गरेको जनाएको छ ।
कार्कीले २०७५ चैत १९ गते प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया