कांग्रेसको अगुवाइमा ललितपुर १ मा दुई सडकका काम स्तरोन्नतिसहित शुरू
काठमाडौं । ललितपुरको क्षेत्र नम्बर १ आश्राङबाट गिम्दी जाने मोटर बाटोको स्तरोन्नतिको लागि २० करोड बिनियोजन भएको छ ।
चन्दनपुरबाट ठूलाडुर्लुङ जाने बाटो कालोपत्रसहित सडक स्तरोन्नतिका लागि २० करोड परेको हो । दुबै सडकका लागि ४० करोड प्राप्त भएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट प्राप्त भएको कांग्रेसका युवा नेता एवम् नवनिर्वाचित प्रदेश सांसद मीनकृष्ण महर्जनले बताएका छन् ।
प्रतिनिधि सभाका सांसद उदयशम्शेर राणा, प्रदेश सभाका सांसद मीनकृष्ण महर्जन र नेपाली कांग्रेस बागमती प्रदेश सह–महामन्त्री ऋषिराम घिमिरेको विशेष पहलमा यो बजेट ललितपुरमा आएको छ ।
बजेटका लागि समन्वय र सहजीकरण गरिदिने नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँलाई ललितपुर १ का कांग्रेस नेताहरूले धन्यावाद दिएका छन् ।
सडकको स्तरोन्तति र कालोपत्रे गर्नका लागि टेन्डर गरेको बागमती प्रदेश सरकार पूर्वाधार विकास कार्यालय ललितपुरले जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया