सवारीधनीहरूलाई फेरि सास्ती हुने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीधनीलाई सास्ती दिने भएको छ ।
सरकारी सवारीसाधनले आगामी फागुनभित्र अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ ।
इम्बोस्ड नम्बर प्लेटको भाषा र डिजाइन परिवर्तन नहुने गरी सूचना जारी भएको छ ।
मन्त्रालयले कात्तिक २८ गते गरेको निर्णयअनुसार फागुन मसान्तभित्र सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारीसाधनलाई इम्बोस्ड जडान गर्नुपर्ने छ ।
सवारीधनीले यातायात व्यवस्था विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेटका लागि आवेदन दिन सक्नेछन् ।
काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग, मीनभवनमा गई नम्बर प्लेट जडान गर्न सकिनेछ ।
इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारीसाधनको चोरी, निकासी, राजस्व छली र आपराधिक गतिविधि नियन्त्रण हुने विभागले जनाएको छ ।
यसअघि सरकारले इम्बोस्ड नम्बर प्लेटको भाषा र डिजाइन परिवर्तन गर्ने गरी प्रक्रिया अघि बढाएको थियो ।
सरकारले इम्बोस्ड नम्बर प्लेट उत्पादनका लागि बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर डेकाटुर टाइगर कम्पनीसँग सम्झौता गरेको थियो ।
इम्बोस्ड नम्बरमा नेपाली भाषा राख्ने कि अंग्रेजी राख्ने भन्ने विषयमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि काम ठप्प भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया