कांग्रेसकी युवा नेतृ शर्मिलाले खुलाइन् पार्टीका धेरै उम्मेदवारहरू हार्नुको कारण
काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ शर्मिला आचार्यले सभापति शेरबहादुर देउवालाई ‘साईज’मा राख्ने ‘ईगो’ले गर्दा पार्टीका धेरै उम्मेदवारहरू पराजित हुनु परेको टिप्पणी गरेकी छिन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेतृ आचार्यले कांग्रेसका केही क्रान्तिकारी नेताहरूका कारण कांग्रेसका उम्मेदवारहरू पराजित हुनु परेको गुनासो गरेकी हुन् । उनले देउवालाई हराउने नाममा आफ्नै पार्टीका धेरै उम्मेदवारहरूलाई अन्तर्घात गरेर पारजित गराएको उनले बताएकी छिन् ।
‘प्रिय क्रान्तिकारी कांग्रेसज्यूहरू ! तपाईंहरूले क्रान्तिकारिता नदेखाइ अन्तर्घात नगर्नुभएको भए आज कांग्रेसको प्रत्यक्षमा कम्तिमा ७० सिट र समानुपातिकतर्फ ३८÷४० सिट आउने थियो ।’
‘सबै प्रदेशमा बहुमत आउने थियो’, आचार्यले भनेकी छिन्, ‘शेरबहादुर देउवालाई साईजमा ल्याउनेभन्दै तपाईंहरूले पार्टीविरुद्ध गर्नुभएको घातले कांग्रेसलाई नोक्सान भएको मात्र होइन लोकतन्त्रमाथि पनि कुठाराघात भएको छ ।’
युवा नेतृ आचार्यले भनेकी छिन्, ‘अर्कोतर्फ आफूले गठबन्धनको सहायताले चुनाव जित्ने अनि अर्को उम्मेदवारविरुद्ध मतदातालाई भड्काउने जुन कू–कृत्य गर्नुभएको छ, यसले फेरिपनि नेपालमा अराजकता, अस्थिरता श्रृजना गर्ने तत्वहरूलाई फेरि टाउको उठाउने मौका मिलेको छ ।’
‘यसको जिम्मेवारको हुन्छ ?’, नेतृ आचार्यले प्रश्न गर्दै लेखेकी छिन् । सामाजिक सञ्जालमा सक्रिय रहेन गरेकी आचार्य कम्युनिस्टविरुद्ध निकै कठोर मानिन्छन् ।
कांग्रेसभित्रका कथित क्रान्तिकारीहरूका हर्कतबाट आचार्य निकै दिक्क भएकी छिन् । कांग्रेसभित्रका गलत कुराको पनि आचार्यले सशक्त रुपमा विरोध गर्ने गर्दै आएकी छिन् ।
नेतृ आचार्यले कुनै पनि नेताको नाम लिएकी छैनिन् । तर, उनले केही युवा नेताहरू जो प्रधानमन्त्रीको दौडमा जबरजस्त रुपमा देखिएका छन् उनीहरूप्रति आफ्नो भनाइ लक्षित गरेकी छिन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचनका बेला आफ्नो क्षेत्रबाहेक अरुको क्षेत्रमा प्रचार प्रसारका लागि गएनन् ।
उनीहरू देशभरिका धेरै जिल्लामा गएर चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुपर्ने थियो । तर, उनीहरू आफ्नो क्षेत्रभन्दा बाहिर गएनन् । अहिले आएर गगन र विश्वप्रकाशहरू निकै क्रान्तिकारी बनिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया