प्रहरीको मनोबल बढाउन गृहमन्त्री खाणले प्रहरीसँगै खाना खाए
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरीहरूको मनोबल वृद्धि गर्नका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।
आइतबार नेपाल प्रहरीको सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनका क्रममा खाणले प्रहरी अधिकृतहरूलाई तल्लो दर्जाका प्रहरीको मनोबल बढाउन आवश्यक कार्य गर्न निर्देशन दिएका हुन् ।
भर्खरै सम्पन्न निर्वाचनका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेको गृहमन्त्री खाणले बताएका छन् ।
उनले शान्तिपूर्ण रुपमा निर्वाचन गराउन भूमिका खेलेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् ।
मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनले बताएका छन् ।
गृहमन्त्री खाणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका छन् ।
खाणले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाण र प्रहरीको सामूहिक खाना खाने कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) दिवेश लोहनी, डीएसपी रुपेश खड्कालगायतको उपस्थिति रहेको थियो ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया