नवनिर्वाचित कांग्रेसका प्रदेश सांसद महर्जनलाई डोजो लगनखेलको सम्मान
ललितपुर । ललितपुर क्षेत्र नं. १ प्रदेश सभातर्फ ‘२’बाट निर्वाचित नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनलाई जिल्ला प्रमुख डोजो लगनखेलले बधाइ तथा शुभकामना दिएको छ ।
शनिबार ललितपुरको लगनखेलमा आयोजित विशेष समारोहमा डोजोले महर्जनलाई बधाइ दिएको हो ।
महर्जन आफैमा खेलकुदका हस्ती हुन् । महर्जन लगनखेल डोजोका संस्पाथक पनि हुन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोल्डमेडल प्राप्त महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष हुन् ।
महर्जनले उत्पादन गरेका सयौं खेलाडी र प्रशिक्षकहरू छन् ।
बागमती प्रदेशको प्रदेश सभा सदस्य महर्जनले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै डोजोले प्रदेश सांसद जस्तो गरिमामय पदमा जनताबाट निर्वाचित भएको भन्दै शुभकामना दिइएको छ ।
महर्जनले आफू खेलकुद पृष्ठभूमिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेको भन्दै सोही कारण बागमती प्रदेशमा निर्वाचित भएको बताए । उनले खेलकुद क्षेत्रको विकासमा विशेष पहल र योगदान गर्ने बताए ।
खेलक्षेत्रदेखि लिएर विभिन्न सामाजिक कार्यमा पनि त्यत्तिकै तल्लीन रहेका कारण आफूलाई जनताले पत्याएर अत्यधिक मत दिएर विजयी गराएको नेता महर्जनले बताएका छन् ।
आफूलाई जनताले पत्याएर दिएको विश्वासलाई कहिल्यै पनि अवमूल्यांकन नगर्ने महर्जनले बताएका छन् । प्रदेश सभा सदस्य महर्जनले ललितपुर क्षेत्र नं. १ को विकासमा आफूले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धा दोहो¥याएका छन् ।
महर्जन १२ वर्षको उमेरमा कराते खेलबाट खेलकुद क्षेत्रमा प्रवेश गरेका हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीबाट मेडल जितेर महर्जन अन्तर्राष्ट्रिय रेफ्री समेत बनेका थिए ।
विशेष गरी कराते खेलकुदमा देखिएको आन्तरिक विवादलाई समाधान गर्न करातेका वरिष्ठ प्रशिक्षक, गुरुहरूसँग सल्लाह गरी विगतमा जस्तै कराते खेललाई गाउँ र टोलमा पु¥याउने महर्जनले घोषणा गरेका छन् ।
हरेक खेलकुदमा लागेका खेलाडीहरूको भविष्य सुनिश्चित गराउन बागमती प्रदेश सरकार र केन्द्रीय सरकारसँग समन्वय गरेर आफू काम गर्ने महर्जनले बताएका छन् ।
महर्जनले आफ्नो कार्यकालमा बागमती प्रदेशलाई मात्र खेलकुदमय बनाउने बताएका छन् । उनले कांग्रेस सरकारले देशभरिका खेलाडीलाई सक्रिय बनाउने समेत उल्लेख गरेका छन् ।
कार्यक्रममा महर्जन प्रमुख अतिथिका रुपमा रहेका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा ललितपुर प्रमुख डोजो अध्यक्ष दीपक श्रेष्ठले मीनकृष्ण महर्जनसँग खेलाडी र खेलकुद क्षेत्रका व्यक्तिले ठूलो अपेक्षा राखेको बताए ।
‘मीनकृष्ण महर्जनज्यूले उच्च पदमा नपुग्दा खेलकुदको गर्नु हुन्थ्यो’, श्रेष्ठले भने, ‘बागमती प्रदेशको सदस्यमा निर्वाचित भएपछि झन् खेलकुदमा उहाँको ठूलो लगानी रहनेछ ।’
ललितपुर प्रमुख डोजोका सचिव तथा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले नवनिर्वाचित प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनको सफल कार्यकालका लागि शुभकामना दिएका छन् ।
उनले अब खेलाडीहरूले ढुक्क भएर खेल्ने वातावरण बन्ने बताएका छन् । उनले बागमती प्रदेशलाई खेलकुदमय बनाउन नवनिर्वाचित प्रदेश सभा सदस्य महर्जनले साथ र सहयोग गर्ने बताएका छन् ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया