यी हुन् काठमाडौंका हाइटेक र शक्तिशाली चोर, काण्डहरू देखेर प्रहरी नै दिक्क
काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले पटके चोर ४२ वर्षीय राजु तामाङलाई पक्राउ गरेको छ ।
तामाङलाई मंसिर १३ गते साँझ गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका १० विवेक चोक एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा चोरीका घटनाहरू भएको सूचना पाउनेवित्तिकै प्रहरी परिचालित भएको थियो ।
प्रहरी वृत्त बौद्धबाट प्रहरी परिचालन गरी अनुसन्धानका विविध विधि र प्रविधिसमेतको प्रयोग गरी चोरी गर्ने गिरोहमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने तामाङलाई चोरीमा प्रयोग गर्ने औजार र नगदसहित नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
तामाङ गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानका स्थायी बासिन्दा हुन् । उनी हाल गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा बस्दै आएका छन् ।
तामाङको साथबाट प्रहरीले चार लाख अठासी हजार बरामद गरेको छ । उनको साथबाट फलामको रड थान–१, पिलास थान–२, पेनचिस थान–१, तार काटने कटर थान–१ बरामद गरेको छ ।
तामाङ उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२० को ‘चोरी सम्बन्धी कसूर’ मुद्दामा काठमाडौं जिल्ला अदालत बबरमहल, काठमाडौंबाट ५ दिनको म्यादथप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।
यसअघि, तामाङ उपर केही सार्वजनिक अपराध मुद्दामा र चोरी गर्न नहुने कसूर मुद्दामा अनुसन्धान भएको थियो ।
तामाङ २०६९–०३–३१ गते जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट २५ लाख धरौटीमा छुटेका थिए ।
२०७२–०२–३१ गते महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट केही सार्वजनिक अपराध मुद्दामा तामाङ पक्राउ परेका थिए ।
उनी २०७५–०६–२१ गते प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख धरौटीमा छुटेको प्रहरीले जनाएको छ ।
तामाङ २०७९–०४–२५ गते प्रहरी वृत्त नयाँ बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट ३ लाख धरौटीमा छुटेका थिए ।
धेरै चोरीका अपराधमा पक्राउ परेर धरौटीमा छुटेका तामाङको आचरणमा सुधार भएको छैन । तामाङ पुनः चोरीको घटनामा पक्राउ परेपछि काठमाडौं प्रहरी पनि चकित परेको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया