काठमाडौंमा बहुउदेश्यीय सहकारीबाट नगद चोरी

काठमाडौं । काठमाडौंमा सहकारीको झ्याल फेडेर १ लाख रुपियाँ नगद चोरी भएको छ ।

चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित कुमारी बहुउदेश्यीय सहकारी संस्थामा झ्यालको ग्रिल फोडेर चोरले एक लाख रुपियाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

बुधबार राति चोरले काठको दराजबाट नगद निकालेको थियो ।

चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Thursday, 2022 December 1, 5:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया