आफू हारेर पनि गृहमन्त्रीले निर्वाचन शान्तिपूर्ण गराए, न्यायाधीशले दिए धन्यावाद

काठमाडौं । रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत कृष्णराम कोइराला र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा गराउन भूमिका खेलेको भन्दै सबैलाई धन्यावाद दिएका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर कोइराला र पाण्डेले राजनीतिक दल, उम्मेदवारहरू, सुरक्षाकर्मी लगायत मतदातालाई धन्यावाद दिएका हुन् ।

रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाण आफै उम्मेदवार थिए । खाण आफू पराजित भएर पनि निर्वाचन शान्तिपूर्ण र भएरहित बनाउन ठूलो मद्दत गरेका छन् ।

न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत कोइरालाले गृहमन्त्री बालकृष्ण खाणलाई पनि धन्यावाद दिएका छन् ।

न्यायाधीश कोइरालाले भने, ‘गृहमन्त्री हारेर पनि स्वच्छ, निष्पक्ष निर्वाचन गर्न सहयोग गर्नुभयो । निर्वाचनका बेला कुनै दबाब दिनुभएन ।’

Published : Wednesday, 2022 November 30, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया