यी नाम चलेका ठेकेदार र कम्पनीहरू कालो सूचीमा परे
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले काम नगरेर हैरान बनाएका १२ वटा निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।
काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको छ ।
भारत–सप्तकोशी जेभी (होमनाथ गौतम), हाइवे कन्ट्रक्सन प्रालि (नारायण सुवेदी), विधि बिल्डर्स प्रालि (विप्लव पोखरेल), साईबाबा एण्ड तारा कन्ट्रक्सन सेवा (संजयकुमारी राना शाह), अनुकुल निर्माण सेवा (तिलबहादुर भण्डारी), हाईग्रिभा सिद्दि साई प्रकाश जेभी (देबेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान) कालो सूचीमा परेका छन् ।
पाँचखाल कन्ट्रक्सन प्रालि (प्रेमप्रसाद अधिकारी), प्रमुख निर्माण सेवा (रेशमबहादुर शाह), सिद्धिजनक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि (सिद्धिबाबु रेग्मी), एस.एस.के. निर्माण सेवा प्रालि (सफीउराईमान अन्सारी), सुमदिवो कन्ट्रक्सन (मीनाकुमारी शर्मा कोइराला), निलगिरी निर्माण सेवा प्रालि (युवराज डाँगी), नेसनल डेभलपमेन्ट प्रालि (धनकुमार थापा र क्यानोन कन्ट्रक्सन प्रालि (गौरव पुडासैनी) कालोसूचीमा परेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया