अर्जुन नरसिंह केसीसँग रवि लामिछानेका उम्मेदवार दोब्बर मतले पराजित
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार ७५ वर्षीय अर्जुन नरसिंह केसी प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार केसीले आफ्ना प्रतिद्वन्द्वीलाई नुवाकोट २ मा ११६३० मतको अन्तरले पराजित गरेका छन् ।
कांग्रेसका केसीले २८१०७ मतसहित जित हातपारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ५७ वर्षीय शुमन बिक्रम पाण्डे १६४७७ मतसहित पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने छन् ।
एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १५५६१ मतसहित तेस्रो हुँदै पराजित भएका छन् ।
त्यसैगरी, झनक प्याकुरेल (राष्ट्रिय प्रजातन्त्र पार्टी) १५७१, प्रेममाया तामाङ (मंगोल नेशनल अर्गनाइजेसन) ७१३, सुर्दशन पुडासैनी (स्वतन्त्र) १८७, विनोदकुमार तामाङ (स्वतन्त्र) १०८ मतसहित पराजित भएका छन् ।
धनकुमारी सुनार (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) ९८, गायत्री दाहाल (स्वतन्त्र) ८९, हिमाल जोशी (जनसमाजवादी पार्टी नेपाल) ५३, गणेशमान वाटांकछी (नेपाल मजदुर किसान पार्टी) ४० मतसहित पराजित भएका छन् ।
नुवाकोटको प्रदेश सभा २ मा कांग्रेसका बहादुरसिहं लामा तामाङ निर्वाचित भएका छन् । बहादुरसिंहले १७२४९ मतसहित विजयी हासिल गरेका छन् ।
कांग्रेसका बहादुरसिंह लामासँग एमालेका विजयसिंह लामा तामाङ पराजित भएका छन् । विजयसिंह लामाले ९१२४ मत पाएर पराजित भएका छन् ।
प्रदेश सभा १ मा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना विजयी भएका छन् । ढुंगानाले १२११० मतसहित जित हातपारेका छन् ।
ढुंगानासँग एमालेका केशवराज पाण्डे पराजित भएका छन् । पाण्डेले ११६६२ मतसहित पराजय भोग्नुपरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया