कांग्रेसकी शक्तिशाली नेतृ हराउँदै राजकिशोरको शानदार जित

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता ४९ वर्षीय राजकिशोर यादवले सिरहा २ मा आफ्ना प्रतिद्वन्द्वीलाई ११५० मतको अन्तरले पराजित गरेका छन् ।

शनिबार बिहान सार्वजनिक भएको निर्वाचन आयोगको प्रतिनिधि सभाको अन्तिम नतिजाअनुसार नेता यादवले २४१७८ मतसहित जित हातपारेका छन् ।

नेपाली कांग्रेसकी ५७ वर्षीय चित्रलेखा यादव २३०२८ मतले पराजित भएकी छिन् ।

यसैगरी, विनोदकुमार यादव (जनमत पार्टी) १६९०२, मुरली मिझार (राष्ट्रिय प्रजातन्त्र पार्टी) ७८२, शिवशंकर यादव (हाम्रो नेपाली पार्टी) ६९९, रामप्रकाश महतो (स्वतन्त्र) ६३९ सहित पराजित भएका छन् ।

सुरेशकुमार कार्की (स्वतन्त्र) ३१२, रामरिझन यादव (स्वतन्त्र) २८४, रासलाल सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) २०६, शिवकुमार यादव (स्वतन्त्र) १६३, राजकुमार पासमान (नेपाल मजदुर किसान पार्टी) १५५ मतसहित पराजित भएका छन् ।

शिवराम यादव (स्वतन्त्र) ८७, आनन्दकुमार यादव (स्वतन्त्र) ५७, हरिनारायण नेपाल यादव (स्वतन्त्र) ४८, शिलादेवी राम (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) ४६ मतसहित पराजित भएकी छिन् ।

राजेन्द्र पाख्रिन (राष्ट्रिय जनमुक्ति पार्टी) ३२, देवकुमार यादव (स्वतन्त्र) ३२, संतोषकुमार यादव (स्वतन्त्र) २३, परमेश्वर कामती (स्वतन्त्र) २२, शिवराम यादव (स्वतन्त्र) २१, दिलीप ठाकुर (स्वतन्त्र) १६, कारीराम यादव (स्वतन्त्र) १५, दीपककुमार यादव (स्वतन्त्र) १३, लक्ष्मणकुमार दास (स्वतन्त्र) ८ मतसहित पराजित भएका छन् ।

Published : Saturday, 2022 November 26, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया