मुख्य निर्वाचन अधिकृतद्वारा बागलुङका एसपी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान
बागलुङ । निर्वाचन कार्यालय बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।
शुक्रबार बागलुङमा विशेष समारोहका बीच मुख्य निर्वाचन अधिकृत डा.दीवाकर भट्टले एसपी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
बागलुङ जिल्लामा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९’ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन, उत्कृष्ठ व्यवस्थापन र शान्ति तथा सुव्यवस्था कायम गर्ने कार्यमा कुशलता एवं ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृत डा.भट्टले प्रशंसा पत्र प्रदान गरेका हुन् ।
एसपी ज्ञवालीको नेतृत्वमा बागलुङ जिल्लामा मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
निर्वाचनको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ ।
यसअघि, एसपी ज्ञवालीले स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न गराएका थिए ।
बागलङमा बिगतमा निर्वाचनका बेला विभिन्न घटनाहरू हुने गरेका थिए । यस पटक बागलुङमा कुनै पनि अप्रिय घटना भएको छैन ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया