सिन्धुपाल्चोक २ (२) मा कांग्रेसका तामाङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ ‘समिर’ १५०५ मतका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार तामाङले १७७५८ मतसहित विजयी हासिल गरेका हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ प्रदेश सभा २ मा उम्मेदवार बनेका तामाङले लोकप्रिय मतसहित जित हासिल गरेका हुन् ।

निकटतम् प्रतिद्वन्द्व एमालेका हस्तबहादुर पण्डित क्षेत्री १६२५३ मतसहित पराजित भएका छन् ।

यसैबीच, गोविन्द गुरुङले (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३४३३, लालबहादुर तामाङले (जनमत पार्टी) २२६, सुनजित तामाङ्गले (मंगोल नेशनल अर्गनाइजेसन) १९९, ललितकुमार तामाङले (तामाङसालिङ लोकतान्त्रिक पार्टी) ७३, राजमती लवजुले (नेपाल मजदुर किसान पार्टी) ४४, कृष्णबहादुर तामाङले (जनता समाजवादी पार्टी, नेपाल) ४२ मत पाएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत साढे ११ हजारभन्दा धेरै मतसहित निर्वाचित भएका छन् ।

प्रदेश सभा १ मा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् ।

Published : Friday, 2022 November 25, 11:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया