दाङ १ (१)बाट ईन्द्रजीत दोस्रो पटक निर्वाचित, प्रतिस्पर्धीले लगाइदिए माला
काठमाडौं । माओवादी केन्द्रका उम्मेदवार ईन्द्रजीत थारु प्रदेश सभामा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी नेता थारु दाङ क्षेत्र नं. १ को प्रदेश सभा १ मा १ हजार ७ सय ८० मतान्तरले निर्वाचित भएका हुन् । थारु लुम्बिनी प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका छन् । प्रतिनिधि सभाका पूर्वसांसद पनि हुन् ।
माओवादी केन्द्रका उम्मेदवार थारुले १३,४९९ मतसहित जित हातपरेका हुन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गंगाराम भट्टराई ११,७१९ मतसहित पराजित भएका छन् । पराजित भएका भट्टराईले विजयी भएका थारुलाई टीका र माला लगाइदिएर जितको शुभकामना समेत दिएका छन् ।
यसैबीच, रञ्जीत चौधरीले (नागरिक उन्मुक्ति पार्टी) ५३४७, टंकबहादुर विष्टले (हाम्रो नेपाली पार्टी) २२०३, मानबहादुर चन्दले (राष्ट्रिय प्रजातन्त्र पार्टी) २०१२, जगतराम यादवले (जनता समाजवादी पार्टी, नेपाल) १००७, महेशचन्द्र रिजालले (राष्ट्रिय जनमोर्चा) ९६१ मत पाएका छन् ।
खुमबहादुर गाहा मगरले (मंगोल नेशनल अर्गनाइजेसन) ६३४, दामोदर चौधरीले (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) ३१ मत पाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया